९ कार्तिक २०८३, सोमबार

भत्ता दिएको पार्टी भन्दै एमालेलाई चितवनको रत्ननगरमा वृद्ध–वृद्धाको आशीर्वाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशैभर राजनीतिक दलका उम्मेदवारहरुले घरदैलो गरिरहेका छन् ।

त्यसै क्रममा पूर्वी चितवनको रत्ननगरमा एमालेका उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा गरिरहेका छन् ।

घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरूले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जीतको शुभकामना मात्रै दिएनन् विजयी हुन आशीर्वाद समेत दिए । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ’, एक वृद्धाले भनिन् ।