८ कार्तिक २०८३, आइतबार

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । कोटेश्वरको भाटभटेनी नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

गएराति करिब ९ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक उग्रतारा– ७ बस्ने २२ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको हो ।

उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्रदेश–३–०२–००५प ५८७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको नालीमा खसेको थियो ।