८ कार्तिक २०८३, आइतबार

लमजुङको दोर्दीमा तीन जना अध्यक्ष उम्मेदवारसहित १८ ले लिए उम्मेदवारी फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १६ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदावरी दर्ता गरेको दोर्दी गाउँपालिकाको पदका लागि तीन अध्यक्षसहित १८ जनाले उम्मेदावरी फिर्ता लिएका छन् ।

दोर्दी निर्वाचन अधिकृत कार्यालयका अनुसार नेकपा एकिकृत समाजवादीकातर्फका उम्मेदावर रनबहादुर घले, स्वतन्त्रका उम्मेदावर टकराज गुरुङ र दरजंङ गुरुङले आज निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदावरी फिर्ता लिएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एसतर्फका उम्मेदावर उर्मिला कुँवर र स्वतन्त्रबाट लिलबहादुर गुरुङले उपाध्यक्ष पदको उम्मेदावरी फिर्ता लिएको निर्वाचन अधिकृत हरिप्रसाद ज्ञवालीले बताए । त्यस्तै, वडा नं. ९ बाट स्वतन्तका उम्मेदावर एक जनाले उम्मेदावरी फिर्ता लिएको छ ।

त्यस्तै, महिला सदस्य चार जनामध्ये नेपाली कांग्रेसबाट २ जना, नेकपा माओवादी केन्द्र एक, स्वतन्त्रबाट एक सदस्य, दलित महिला सदस्य राप्रपा र माओवादी केन्द्रको एक एक जनाले उम्मेदावरी फिर्ता लिएका छन् । त्यस्तै, अन्य सदस्यहरुमा माओवादी केन्द्रबाट तीन, नेपाली कांग्रेसबाट २ र स्वतन्त्रबाट एक जनाले उम्मेदावरी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, अध्यक्ष पदका उम्मेदावर गुरुङको उम्मेदावरी खारेज भएको छ । दोर्दी निर्वाचन अधिकृत ज्ञवालीले भने, मंगोल नेशनल अग्र्रानाईजेशनबाट उम्मेदावर बन्नुभएका रामबहादुर गुरुङको उम्मेदावरी खारेज गरेका छौँ ।

एउटै पार्टीको अध्यक्ष र उपाध्यक्षमा पुरुष मात्र भएकाले कानुनी रुपमा सो दुई पदमध्ये एक महिला अनिवार्य भएकाले उम्मेदावरी खारेज गरिएको उनको भनाई छ । उक्त पार्टीकै तर्फबाट उपाध्यक्ष पदका लागि कृष्णबहादुर गुरुङले उम्मेदावरी दिएका थिए ।

अब यस पालिकाको अध्यक्ष पदका लागि अध्यक्ष पदका लागि एमालेबाट युवराज अधिकारी, माओवादी केन्द्रबाट लालबहादुर गुरुङ, जसपाबाट खेमजंग गुरुङ, राप्रपाबाट गोपाल लामिछाने, स्वतन्त्रबाट हरिश्चन्द्र पण्डित बीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै, उपाध्यक्षका लागि एमालेबाट उपाध्यक्षमा उषा गुरुङ, कांग्रेसबाट विच्छबहादुर घले, राप्रपाबाट नन्दीमाया गुरुङ, मंगोल नेशनल अग्रानाईजेशनबाट कृष्णबहादुर गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।