४ कार्तिक २०८३, बुधबार

मेलम्चीमा भीषण क्षति, उद्धारको प्रयास भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, १४ वैशाख । यही वैशाख १२ गते मध्याह्न आएको भूकम्पका कारण मेलम्ची नगरपालिका र आसपासका क्षेत्रमा व्यापक मानवीय र भौतिक सम्पत्तिको क्षति भए पनि अहिलेसम्म उद्धारको कुनै प्रयास भएको छैन ।

उक्त घटनामा वृद्धवृद्धा र बालबालिकाको मृत्यु भएको छ । उक्त क्षेत्रमा अहिलेसम्म करिब १५० को शव निकालिएको र सयौँ घाइते भएका छन् ।

उक्त क्षेत्रमा अहिलेसम्म स्थानीय प्रशासनका तर्फबाट कुनै उद्धारको प्रयास नभएको र स्थानीयवासी उद्धारको पर्खाइमा रहेको स्थानीय सरोज चौलागार्इंले जानकारी दिनुभयो । अहिले उक्त क्षेत्रमा खानेपानीको समेत चरम समस्या भएको छ ।

भूकम्पबाट मेलम्ची नगरपालिकाका ९५ प्रतिशत घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने वडा नं ४ को भदौरेमा करिब एक किलोमिटर सुक्खा पहिरो जाँदा स्थानीयवासी थप त्रसित बनेका छन् ।

घटनामा परी सयौँको सङ्ख्यामा पशु चौपाया मरेका छन् । तिनीहरुलाई व्यवस्थित गर्न नसकिए त्यसले महामारी फैल्याउने डर त्यत्तिकै छ । रासस