
काठमाडौँ, १६ वैशाख । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणमा नयाँ १७ जना खेलाडी थपेका छन् ।
प्रशिक्षकले मानसिक तनाव दिएको भन्दै १० जना खेलाडीहरुले प्रशिक्षण छोडेका थिए ।
१० जना खेलाडीको बद्लामा १७ जना नयाँ खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
टिममा बोलाइएका नयाँ खेलाडीमा विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जर्घा मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राई छन् ।
यसअघि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षण छाडेका थिए ।















प्रतिक्रिया