८ कार्तिक २०८३, आइतबार

भिजिट भिसामा दुबई पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । दुबई पठाइदिन्छु भनी ठगी गर्ने अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर ठेचो बस्ने पर्सा वीरगञ्ज महानगरपालिका-५ घर भएका ३३ वर्षीय विकास तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय हरि बहादुर तामाङ रहेका छन् । प्रहरीले विकासलाई बिहीबार काठमाडौं महानगरपालिका चुच्चेपाटीबाट र हरि बहादुरलाई शुक्रबार ललितपुर महानगरपालिका-४ जावलाखेलबाट पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-९ इटहरा घर भएका २० वर्षीय पुरुष समेत ५ जनालाई भिजिट भिसामा दुबई जान प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु तथा मासिक ३ हजार दिराम तलब हुन्छ भनी प्रलोभनमा पारी जम्मा ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न आएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।