७ कार्तिक २०८३, शनिबार

बागी उम्मेदवारी फिर्ता गराउन असफल हुँदै गहृमन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारलाई फकाउन चितवन पुगेका दुई मन्त्री काठमाडौँ फर्किएका छन् ।

भरतपुर मेयरमा बागी उम्मेदवार दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन पुग्नुभएको गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्केका हुन् ।

दुवैजना आज दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्केका हुन् ।

बागी उम्मेदवारलाई फकाउन गृहमन्त्री खाँण सभापति शेरबहादुर देउवाको निर्देशनमा १४ वैशाखमा चितवन गएका थिए ।

उनीहरुले अनेक प्रयास गर्दा पनि पौडेल टसको मस नभएपछि उनीहरु असफल भएर निराश हुँदै काठमाडौँ फर्किएका हुन् ।

विशेषगरी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई दोस्रो कार्यकालका लागि निर्वाचित गराउन देउवा र प्रचण्ड मरिमेटेर लागेका छन् ।