८ कार्तिक २०८३, आइतबार

सिनामंगलबाट युवक अपहरणको आरोपमा ५ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ वैशाख । प्रहरीले सिनामंगलबाट एक जना युवकको अपहरण गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको जनाएको छ ।

सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट दुवै पक्ष लागूऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीले दैनिक नेपाललाई जनाएको छ ।