
काठमाडौँ, १६ वैशाख । रसुवाको कालिका गाउँपालिका ३ धारापानीका ३५ वर्षीय गणेश बिक ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेका छन् ।
शुक्रबार बालिकाका बाबुले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिकलाई पक्राउ गरेको हो ।
स्थानीय निर्वाचनमा भोट माग्न घरदैलो हिँडेको बेला बालिका मात्रै भएको अवस्थामा संवेदनशील अंगमा छोएको बालिकाका बाबुले जाहेरीमा जनाएका छन् ।
बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।















प्रतिक्रिया