८ कार्तिक २०८३, आइतबार

त्रियुगा नगरपालिकामा स्वतन्त्र उम्मेदवार खड्काले एमाले उम्मेदवार राउतलाई सघाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १६ वैशाख । नेकपा एमाले त्रियुगा नगरपालिकाका चर्चित युवा नेता नारायण खड्काले स्वतन्त्र उमेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले तोकेको समयसिमा शुक्रबार मध्यान्न १२ः ४५ बजे खड्काले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गई आफ्नो मेयर पदको उमेदवारी फिर्ता लिएका हुन् ।

उमेदवारी फिर्ता लिएसँगै उनले नेकपा एमालेकोतर्फबाट त्रियुगा नगरपालिकामा मेयर पदमा उमेदवारी दिएका विकासप्रेमी नेता भागवत राउतलाई सघाउने घोषणा गरेका छन् । आफ्ना शुभचिन्तक र कार्यकर्ता लिएर उमेदवारी फिर्ता लिन पुगेका खड्काले निश्वार्थ ढंगले राउतलाई सघाउने उद्घोष गरेका हुन् ।

उमेदवारी फिर्ता लिएर कार्यालयबाट वाहिरिएका खड्काले नेपाल र नेपाली जनताको भविष्य नेकपा एमालेको हातमा रहेकाले त्यो महान कार्य पुरा गर्न आफुले सहयोग गरेको बताए ।

उनले भने, ‘मुलुक बनाउने जिम्वेवारी जनताले नेकपा एमालेलाई सुम्पिन लागेको अवश्थामा अवरोध सृजना गर्न उपयुक्त नदेखिएकाले पार्टी संरक्षण र सम्बद्र्धदनमा सहयोग गरेको हुँ ।

‘पार्टी भित्रका आन्तरिक समस्याको समाधान भित्रै बसेर खोजिन्छ, उनले भने, ‘एमालेविरुद्ध अन्य पार्टीको मोर्चावन्दी र घेराबन्दी स्वीकार्य हुन सक्दैन त्यसैले आफ्नो उमेदवार जिताउनु मेरो कर्तव्य हो । खड्काले मुलुको विकास, समृद्धी एमालेबाट मात्र सम्भव भएकाले आम त्रियुगबासीलाई नेकपा एमालेको पंक्षमा मतदान गर्न आग्रह गरे ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन त्रियुगा नगरपालिका वडानं १५ (हालको वडानं ८)बाट वडाध्यक्ष पदमा एमालेबाट विजयी भएका खडका सकृय राजनीतिमा छन् । खड्का मेयर पदका आकांक्षी थिए ।