८ कार्तिक २०८३, आइतबार

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले–माओवादीबीच चुनावी तालमेल गर्ने यस्तो सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

जसमा अब नेकपा एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई अध्यक्षको साझा उम्मेदवार बनाउने गरी एमाले र माओवादीबीच सहमति भएको हो । गगाउँपालिकाका नेताहरुबीचको सहमतिमा उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइएको छ ।

एमाले माओवादीले वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन् । त्यस्तै नेताहरुबीच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ ।