४ कार्तिक २०८३, बुधबार

भूकम्पपछि दोलखामा तीन सय जना सम्पर्क बाहिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट (दोलखा), १४ वैशाख । शनिबारको भूकम्पपछि दोलखामा तीन सय जनाभन्दा बढी यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर रहेका छन् ।

लामाबगर गाविसमा यार्सागुम्बा सङ्कलनमा गएका तीन सय जना भूकम्पपछि सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सम्पर्क बाहिर रहेका सङ्कलकहरु दोलखा तथा अन्य छिमेकी जिल्लाका समेत भएको हुनसक्ने प्रजिअ प्रेमलाल लामिछाने बताउनुभयो ।

यसैगरी, लप्सीखोला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्न यहाँ आएको १६ सदस्यीय टोलीसमेत भूकम्पपछि सम्पर्क बाहिर रहेको प्रजिअ लामिछानेले बताउनुभयो । अहिलेसम्म जिल्लामा भूकम्पबाट ४८ जनाको मृत्यु भएको छ । घाइते हुनेको सङ्ख्या ७६ रहेको बताइएको छ ।

यस्तै, गौरीशङ्कर गाविसको सिमीगाउँमा रहेका ११ जना पर्यटकको टोली भूकम्पपछि अलपत्र परेको समाचार छ । रासस