४ कार्तिक २०८३, बुधबार

ललितपुरमै पुग्न सकेन उद्दार टोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । शनिबार गएको विनासकारी भूकम्पबाट ध्वस्त भएको ललितपुर जिल्लाको थेचो गाविसमा अहिलेसम्म उद्धार तथा राहत वितरण हुन नसकेको स्थानीयले बताएका छन् ।

सो गाविसमा भूकम्पबाट तीन जनाको र भाग्ने क्रममा एक जनाको मृत्यु भएको स्थानीयबासी कल्पना मर्हजनले जानकारी दिनुभयो । सो ठाउँमा आठ जना घाइते भएका छन् ।

भूकम्पले घर भत्किँदा घरभित्र भएको सबै अन्न पुरिएको र बाहिर पसलमा समेत खाने कुरा सकिएको हुँदा खाने कुरा र पानीको समस्या भएको उहाँले बताउनुभयो । भूकम्पबाट थेचो गाविसका करिब ४० घर ध्वस्त भएका छन् । रासस