८ कार्तिक २०८३, आइतबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज अवतरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १५ वैशाख । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० अवतरण गरेको छ ।

जहाज साँझ ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो उडान परीक्षणका रुपमा गरिएको हो ।

त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार विमानस्थलमा काठमाडौँकै क्षमतामा जहाजहरु उडान तथा अवतरण गर्न सकिन्छ ।

यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका छन् ।

गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ ।