८ कार्तिक २०८३, आइतबार

रसुवामा गाउँपालिका अध्यक्षका उम्मेदवारको सिंगो टीमसहित एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १५ वैशाख । रसुवामा नेकपा माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज तथा पालिका अध्यक्षका उम्मेदवार तेन्जिन छेसाङ तामाङ एमालेमा प्रवेश गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए ।

बिहीबार आयोजित एक कार्यक्रमबीच तामाङसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका हुन् ।

एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

एमाले नै सशक्त भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ ।

एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले बताए ।