
काठमाडौँ, १५ वैशाख । राष्ट्रिय फुटबल टिमका १० खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीबारे असन्तुष्टि पोखेका छन् ।
बन्द प्रशिक्षण छाडेका उनीहरुले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले टिम छाड्नुको कारणबारे बताएका छन् ।
उनीहरुको विज्ञप्तिअनुसार आवासको विषयमा प्रश्न गर्दा अल्मुताइरीले सिनियर खेलाडी रोहित चन्दलाई घर फर्किन चेतावनी दिएका थिए ।
प्रशिक्षकको आदेश अनुसार रोहित टिम छोडेर हिँडेपछि अन्य खेलाडीहरुले प्रशिक्षकसँग छलफल गर्न खोज्दा अल्मुताइरीले नमानेको बताइएको छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ:
















प्रतिक्रिया