
काठमाडौँ, १५ वैशाख । कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल र केन्द्रीय सदस्य उर्मिला अधिकारीले एकै दिन पार्टी छाडेका छन् ।
दुवैजनाले अध्यक्ष थापालाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन् । स्थानीय तह निर्वाचनको मुखैमा गरिएको राजीनामाले थापालाई धक्का लागेको छ ।
राप्रपाबाट अलग भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा साथ दिएका नेताले किन उनलाई छाडे भन्ने खुलेको छैन ।
















प्रतिक्रिया