८ कार्तिक २०८३, आइतबार

भोजपुरमा नेकपा एसका उपाध्यक्षसहित १०५ जना एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १५ वैशाख । सत्ता गठबन्धनको भागबन्डामा भोजपुरको दुई स्थानीय तहमा उपमेयर र उपाध्यक्ष पाएको नेकपा एसलाई चुनावी अभियानको सुरुवातमै झट्का लागेको छ ।

आज नेकपा एस जिल्ला कमिटी उपाध्यक्ष चक्र तामाङ, केही जिल्ला कमिटी सचिवालय सदस्यसहितका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एसका उपाध्यक्ष तामाङ, प्रदेश १ अनेरास्ववियूका वरिष्ठ उपाध्यक्षर जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ, सचिवालय सदस्य रकार्यालय सचिव कृष्ण बस्नेतलगायत प्रवेश गरेका हुन् । प्रताप जिल्लाका जुझारु युवा नेता हुन् ।

सँगै भोजपुर नगरपालिका-५ बोखिमको सिंगो कमिटी एमालेमा समाहित भएको एमाले जिल्ला कमिटी अध्यक्ष खड्काले बताए । उनका अनुसार आज १०५ जनाले एमाले प्रवेश गरेका हुन् ।