
काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जिल्लामा लफडा भएपछि प्रदेश सांसद कर्ण मल्लले पदबाट राजीनामा दिएका छन् ।
बिहीबार मल्ले डडेलधुरामा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् ।
आफूलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारवाही गरेका कारण राजीनामा दिएको बताएका छन् ।
उनले भने, ‘साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले दिदैन ।’
कांग्रेसले मल्ललाई वुधबार साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।
लामो समय देउवाका निकट मानिएका उनीसँग सम्बन्ध बिग्रेको थियो ।















प्रतिक्रिया