
काठमाडौँ, १५ वैशाख । जीवनका निकै उतावचढावमा रहेकी गायिका समिक्षा अधिकारीले लामो समयपछि सामाजिक सञ्जालमा प्रेमबारे भावना लेखेकी छन् ।
उनले फेसबुकमा पोस्ट गर्दै मायाका लागि मर्न र मार्न तयार रहेको आशय पोखरीका छन् ।
‘तिमीलाई माया गर्छु रत मर्नसक्छु । मार्न सक्छु । तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु’ उनले अगाडि लेखेकी छन् ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’
उनको यो पोस्टबारे अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
















प्रतिक्रिया