सुनसरी । कुनै बेला थियो, राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भन्दै सडक बन्द गरिन्थ्यो । दर्जनौं गाडीले घेरिँदा पनि सर्वसाधारणलाई भने फगत दुःख दिने काम गरिन्थ्यो । देशबाट सामन्ती राजतन्त्र हटेपनि सुनसरीको चतराधाममा लागेको कुम्भमेला हेर्न पुगेका नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालको सामन्ती शैलीले हजारौं सर्वसाधारण रुष्ट भएका छन् ।
प्रसंग हो, सुनसरीको बराह क्षेत्रमा लागेको मेलाको । दर्जनौं सुरक्षाकर्मीले घेरिएका अर्यालकै कारण मेला भर्न र बराहक्षेत्रमा स्नान गर्न आएका हजारौं भक्तजनले आइतवार बिहान घण्टौंसम्म सास्ती खेप्नुपरेको छ ।
चतरादेखि बराहक्षेत्र सम्म करिव आधाघण्टाको गाडीको बाटो भएपनि आइतवार बिहान भिआइपी आउने भन्दै सो बाटोमा सार्वजनिक सवारीका साधन चलाउन सुरक्षा निकायले रोक लगाएका थिए ।
भक्तजनहरु करिव दुइघण्टा पैदल हिडेर बराहक्षेत्रमा स्नान गर्न पुगेका थिए ।
बिहान ३ बजे नै बराहक्षेत्र जान आ–आफ्ना सवारी साधन लिएर पुगेको भक्तजनहरुलाइ चतरामा सुरक्षाकर्मीले पैदलमात्र जान दिनु भन्ने माथीको आदेश भएको भन्दै रोकेका थिए ।
हजारौं भक्तजनहरुमा अधिकाश महिला, बृद्धबृद्धाहरु केटाकेटीहरु रहेका थिए ।
अरु दिन सहजै गाडी लिएर जान पाए पनि बिनासूचना गाडी चलाउन रोक लगाएपछि सयौ तिर्थालुहरुले आकोश पोखे ।
करिव नौ बजे लावालस्कर गाडी सहित चतराबाट बराहक्षेत्र पुगेका नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालसँग पैदल बराहक्षेत्र पुगेका तीर्थालुहरुले गुनासो पोखेका थिए ।
देशका बिभिन्न ठाउँबाट कुम्भमेला हेर्न पुुगेका तिर्थालुहरु बिना जानकारी बाटोमा गाडी चल्न सुरक्षाकर्मीले रोकेपछि अलमलमा समेत परेका देखिन्थे ।
शनिवार संम्म कुम्भमेलामा एक करोड १० लाख मानिसले मेलाको अवलोकन र कुम्भस्नान गरेको मेला आयोजक समितिले जानकारी दिएको छ । १२ बर्षमा लागेको सो कुम्भमेला बैशाख १९ गतेसम्म लाग्नेछ ।
गाडी नचलेपछि कष्ट भोग्दै सर्वसाधारण














प्रतिक्रिया