४ कार्तिक २०८३, बुधबार

भुकम्प पीडितलाई पश्चिम नेपाल बस व्यवसायी समितिबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल १४ बैशाख । पश्चिम नेपाल बस ब्यवसायी संघले भुकम्प पिडितलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैया राहत सहयोग उपलब्ध गराउने भएको छ ।

संघको आईतवार सम्पन्न कार्यसमिती बैठकले शनिवार गएको भुकम्पबाट पीडितहरुमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सहयोग गर्न लागिएको संघले जनाएको छ ।

देशमा राष्ट्रिय संकट आईलाग्दा आफ्नो तर्फबाट योगदान गर्नुपर्छ भन्ने मान्यताका साथ उक्त निर्णय गरेको संघका महासचिव जीवनकुमार बन्जाडेले बताउनुभयो । उक्त रकम प्रधानमन्त्री दैविप्रकोप उद्धारकोषमा जम्मा गर्ने उहाँले बताउनुभयो ।

संघका अध्यक्ष दधिराम खरेलको अध्यक्षतामा सम्पन्न बैठकले यस क्षेत्रका भुकम्प प्रभाबितलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने तथा काठमाण्डौ लगायतका क्षेत्रबाट सवारी साधन माग भई आएमा तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

काठमाडौँमा अलपत्र परेका स्वदेशी यात्रु तथा बिदेशी पर्यटकहरुलाई नियमित सेवाका अतिरिक्त आबश्यकता अनुसार वस सेवा उपलब्ध गराउने गरी ब्यबस्थापन गरीएको र त्यसका लागी अध्यक्ष दधिराम खरेलको मोवाईल नं ९८५७०२०१५६ बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेको मोवाईल नं ९८५७०२०१४७ र महासचिवको मोवाईल नं ९८५७०२९१८१ मा सम्पर्क गर्न सवैलाई आब्हान गर्ने निर्णय गरिएको जनाएको छ ।

यसका साथै भुकम्प प्रभाबितहरुलाई रगतको अभाव हुन नदिन आवश्यकता र माग अनुसार ब्यबसायीहरुको तर्फवाट रक्तदान गर्ने निर्णय गरेको संघका अध्यक्ष दधिराम खरेलले बताउनु भयो ।

संघले भुकम्प पिडितहरुका लागी संघले गर्ने सहयोग लाई ब्यवस्थीत गर्ने र अन्य संघ सस्थाहरु संग समन्वय गर्ने गरी सचिव रामचन्द्र भुसालको संयोजकत्वमा दैबी प्रकोप उद्दर समिति गठन गरेको छ ।