काठमाडौँ, १४ वैशाख । भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले प्रधानमन्त्री सुशील कोइरालालाई आज बिहान भेटी भूकम्पबाट नेपालले भोग्नुपरेका विपतप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आजै नेपाल आउनुभएका प्रधानमन्त्री तोब्गेले भुटानी राजा, सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै प्रकृतिको कुनै पनि सीमा नहुने भएकाले त्यसको सामना गर्नुको विकल्प नरहेको बताउनुभयो ।
सो अवसरमा उहाँले दश हजार अमेरिकी डलर सहयोग उपलब्ध गराउनुभयो । प्रधानमन्त्री तोब्गेसँगै नेपाल आएका ६३ जना स्वयम्सेवकले उद्धार कार्यमा सघाउनेछन् ।
प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार सो क्रममा प्रधानमन्त्री कोइरालाले दुःखको घडीमा सहयोग पु¥याएकामा भुटान सरकार, भुटानी राजा र जनताप्रति आभार व्यक्त गर्नुभयो । रासस
















प्रतिक्रिया