२ कार्तिक २०८३, सोमबार

भारतमा बढ्न थाले कोरोना संक्रमितको संख्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, १४ वैशाख । भारतमा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा २ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही समयमा २ हजार २ सय ५२ जना ठिक भएको र ३२ जनाले ज्यान गुमाएको भारतीय स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

भारतमा अब सक्रिय संक्रमितको संख्या बढेर १६ हजार २ सय ७९ पुगेको छ ।