२ कार्तिक २०८३, सोमबार

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो ‘जति जन्म’ (रोम्यान्टिक भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपाली चलचित्रका समेत निर्देशक रहेका दिनेश सिंह ठकुरीको निर्देशनमा नयाँ म्युजिक भिडियो बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको छ ।

कबिता श्रेष्ठ र आरोग्य गुरागाईंले गाएको जति जन्म बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समयका नेपाली चलचित्रमा समावेश गरिने सांगीतिक फ्वेवर बोकेको गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ । गीतको रेकर्डिङ समेत श्रेष्ठले सञ्चालन गरेको म्युजिक पार्क स्टुडियोमा गरिएको हो ।

विभिन्न प्राकृतिक रमणीय दृष्यहरु समावेश गरिएको भिडियोमा निरज लोहनी र बबिना बिश्वकर्माले अनस्क्रिन रोमान्स गरेका छन् । सुवास गौतमको कोरियोग्राफी तथा मरुभूमि नारायणको छायाँकन रहेको भिडियोका निर्माता दीपक सिंह साउँद रहेका छन् ।

त्यसै गरी भिडियोको सम्पादन रोशन धितालले गरेका छन् ।