४ कार्तिक २०८३, बुधबार

थप खतरा र विस्फोट हुने हल्लाको पछि नलाग्न संसदीय समितिको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । व्यवस्थापिका¬–संसद्को सुशासन तथा अनुगमन समितिले आजै नेपाल सरकारलाई आग्रह गरेको छ ।

समितिका सभापति शेरधन राईले आज प्रेस विज्ञप्ति जारी गरी सम्पूर्ण नागरिक ज्यान जोगाउन आफ्नो घर छाडी खुल्ला सडक, चोक तथा चौरमा बस्नु परेको स्थितिमा आधारभूत आवश्यकता (खाद्यान्न, खानेपानी तथा बसोबासका लागि टेन्ट, पाल, शौचालय आदि) को अभाव हुन नदिन आग्रह गरेको हो ।

सभापति राईले स्वास्थ्य तथा बैंकिङजस्ता अत्यावश्यक सेवा प्रभावकारी बनाउन पनि आग्रह गर्नुभएको छ ।

उहाँले थप खतरा र विस्फोट हुने हल्लाको पछि नलाग्न, त्रसित नभई सचेत, सजग र सुरक्षित रहन आह्वान गर्नुभएको छ । रासस