१४ कार्तिक २०८३, शनिबार

अपडेटः सगरमाथामा हिमपहिरोमा परी १९ को मृत्यु, उद्धार जारी (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Sagarmatha

काठमाडौँ, १४ वैशाख । भूकम्पका कारण सगरमाथाको आधारशिविरमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने ६१ जना बढी घाइते भएका छन् ।

तीमध्ये १८ को आधारशिविरमा र एक जना घाइतेको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सगरमाथाको आधारशिविरमाथि आइसफल (हिउँको ढिस्को) फुटेर बाटो अवरुद्ध हुँदा क्याम्प १ मा ९० र क्याम्प २ मा १२० जना पर्यटक अड्किएकाले हेलिकोप्टरमार्फत उनीहरुको उद्धार कार्य भइरहेको छ ।

उनीहरुमध्ये केही घाइते पनि रहेकाले क्रमशः आधारशिविर हुँदै घाइतेलाई फेरिचे र अन्यलाई लुक्ला हुँदै काठमाडौँ ल्याइँदै गरेको सचिव श्रेष्ठले बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा क्षेत्रमा पहिरोमा परेका सबैको उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको जानकारी दिनुभयो ।

उहाँले घाइतेहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नागरिक अस्पताल, नर्भिक इन्टरनेसनल हस्पिटल, काठमाडौँ मेडिकल कलेज, कान्तिपुर हस्पिटलमा उपचार भइरहेको बताउनुभयो ।

अध्यक्ष शेर्पाका अनुसार हिमपहिरोमा परी मृत्यु हुनेमा बढी नेपाली र केही विदेशी पर्यटक छन् । हाल सगरमाथा आरोहणको याम भएकाले त्यस क्षेत्रमा विभिन्न आरोहण दलका ८०० भन्दा बढी आरोही तथा तिनका सहयोगी शेर्पाहरु रहेका छन् । रासस

Bhukampa-Sagarmatha5 Bhukampa-Sagarmatha3 Bhukampa-Sagarmatha2 Bhukampa-Sagarmatha1