
काठमाडौँ, १३ वैशाख । स्थानीय तह निर्वाचनका लागि हालसम्म संख्या १ लाख ४७ हजार बढीले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा गरी मंगलबार सवा ३ बजेसम्म १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दिएका जनाएको छ ।
प्रमुख पदमा ३ हजार ४३० जना, अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२ जनाको उम्मेदवारी परेको भने वडाध्यक्षमा ३४ हजार ३५७ जनाको उम्मेदवारी पर्दा बाँकी पदमा महिला सदस्य, दलित सदस्य र खुला सदस्यको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
आयोगले संख्या अझै बढ्ने जनाएको छ ।
















प्रतिक्रिया