१४ कार्तिक २०८३, शनिबार

तीन दिन यता ८२ पटक भूकम्पको धक्का, अझै भूकम्प आउने त्रास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Gorkha`

काठमाडौँ, १४ वैशाख । आज बिहान ४ः१७ बजे काभ्रेको बनेपा केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

त्यसपछि सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ः२६ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ८२ वटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । अझै भूकम्प आउने हल्लाले सर्वसाधारणहरु त्रासमा छन् । तर, भूकम्पविद्हरुले भने हल्लाको पछि नलाग्न सुझाव दिएका छन् ।