४ कार्तिक २०८३, बुधबार

काभ्रेपलाञ्चोकमा मृत्यु हुनेको संख्या १९३ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १४ वैशाख । विनासकारी भूकम्पका कारण काभ्रेपलाञ्चोकमा मृत्यु हुनेको संख्या १९३ पुगेको छ भने ७०० को हाराहारीमा घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये धेरैजसो महिला र बालबालिका भएको अनुमान गरिएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जिल्लामा २५ हजार घर क्षतिग्रस्त भएको, एक लाख बासिन्दा विस्थापित भएको जानकारी दिनुभयो ।

उहाँले अझैपनि केही गाविसमा उद्धारकार्य जारी रहेको उल्लेख गर्दै विस्थापित भएकालाई बस्ने खाने ठाउँको अभाव देखिएको छ भन्नुभयो ।

विस्थापित भएकामध्ये केही आफन्तको शरणमा र केही खुला चौरमा नै बसेको प्रजिअ ढकालले बताउनुभयो । रासस