४ कार्तिक २०८३, बुधबार

नुवाकोटमा भूकम्पबाट ४२२ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Gorkha

त्रिशूली (नुवाकोट), १४ वैशाख । शनिबार गएको विनासकारी भूकम्पका कारण नुवाकोटमा हालसम्म ४२२ जनाको मृत्यु भइसकेको छ ।

भूकम्पबाट घाइते भएकाहरुलाई जिल्ला अस्पतालको चउरमा राखि उपचार गरिएको छ । हालसम्म ४०० भन्दा बढी घाइतेको उपचार गरिसकिएको जिल्ला अस्पतालका चिकित्सक मधुकर दाहालले जानकारी दिनुभयो ।

अहिले पनि भूकम्पको धक्का गइरहेको कारण जनजीवन त्रसित छ । सर्वसाधरणहरु घरबाहिर खुला ठाउँमा बसिरहेका छन् ।

यसैबीच, नुवाकोटमा भूकम्प प्रभावितलाई राहत वितरणको काम हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफूहरु अहिले राहत वितरणभन्दा पनि घाइतेको उद्धारमा केन्द्रित भएको बताउनुभयो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले राहत सामग्री मौज्जात नरहेकाले वितरण गर्न नसकेको जनाएको छ । रासस