२ कार्तिक २०८३, सोमबार

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामल्लाह, १३ वैशाख । कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा प्रत्यक्ष गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ। इजरायली सेनाका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको एएफपीलाई बताएका छन्। –रासस