४ कार्तिक २०८३, बुधबार

भूकम्पको त्रासले उपत्यकाबाट बाहिरेनेको संख्या बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-kathmandu

काठमाडौँ, १४ वैशाख । भूकम्पको सम्भावित त्रासले काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ ।

तीन दिनयता लगातार रुपमा भूकम्पको झड्का महसुस भइरहेसँगै चोक–चोकमा पाल मुनी बस्न बाध्य अन्य जिल्लामा स्थायी बसोबास भई काम काजका कारण काठमाडौँ बस्दै आएका सर्वसाधारण यतिखेर आफ्नो जिल्ला फर्कने तयारीमा छन् ।

काठमाडौँमा लगातार भूकम्प गइरहेको र फेरि पनि आउन सक्ने विभिन्न हल्लाका कारण आफू जस्ता धेरै यात्राुहरु घर फर्कन लागेको स्याङ्जा जिल्ला घरभई काठमाडौँमा बस्दै आएका राजेन्द्र तिवारीले बताउनुभयो ।

तिवारी जस्तै सप्तरी घर भई राजधानीमा फलफूल व्यवसाय गर्दै आएका सुमनकुमार यादव पनि लगातार रुपमा भूकम्प गइरहेको र फेरि पनि आउन सक्ने हल्लाका कारण आफू केही दिनका लागि जिल्ला फर्कन लागेको बताउनुहुन्छ ।

भूकम्पसँगै खानेपानीलगायत समस्या पनि बढिरहेका कारण पनि केही दिनका लागि उपत्यका छोड्ने तयारीमा आफू लागेको उहाँले उल्लेख गर्नु भयो ।

घर फर्कने यात्रुहरु कलङ्की क्षेत्रमा हिजो साँझदेखि बढिरहेको र आज बिहानैदेखि हजारौं यात्रुहरु घरजाने सवारी साधनको खोजीमा कलङ्की क्षेत्रमा रहेको प्रहरी नायब निरीक्षक दयाराम गिरीले जानकारी गराउनुभयो ।

गिरीका अनुसार अहिले पनि लगभग पाँच हजारको संख्याका यात्रुहरु विभिन्न जिल्ला जाने सवारी साधनको खोजीमा छन् ।

पोखरा जाने सवारी साधन चलिरहे पनि मुग्लिङ–नारायणघाट खण्डमा सडक अवरुद्ध भएको बताइएको छ । अवरुद्ध सडक बिहानैदेखि खुलाउने प्रयास भइरहेको गिरीले जानकारी गराउनुभयो । रासस