४ कार्तिक २०८३, बुधबार

जब सिंहदरबारमै प्रधानमन्त्री र गृहमन्त्रीको भागाभाग भयो…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singha-Durbar

काठमाडौं, १३ वैशाख । आइतबारमात्रै स्वदेश फर्किएका प्रधानमन्त्री सुशील कोइरालाले देशबासीका नाममा सम्बोधन गर्ने बेला भूकम्प गएपछि सिंहदरबारमा केहीबेर भागाभागको अबस्था सिर्जना भयो ।

देशबासीको नाममा सम्बोधन गर्न प्रधानमन्त्री सुशील कोइराला त्रिभुवन बिमानस्थलबाट सिधै गृहमन्त्रालयमा पुगेका थिए । तर, आइतबार दिउँसो १२ बजेर ५४ मिनेटमा अर्को ठूलो भूकम्प आएपछि प्रधानमन्त्री कोइराला, गृहमन्त्री बामदेव गौतम, अर्थमन्त्री रामशरण महत, खेलकुद मन्त्री पुरुषोत्तम पौडेल लगायतको भागाभाग भएको हो । उनीहरुलाई सुरक्षाकर्मीले राष्ट्रिय सूचना प्रविधि केन्द्र बाहिरको खुल्ला चौरमा लगेका थिए । प्रधानमन्त्री र मन्त्रीहरुले भगवानको नाम पुकारी रहेका थिए ।