काठमाडौँ, १३ वैशाख । महाभूकम्पको असर नेपालका निजी क्षेत्रका बैंकहरुमा पनि परेको छ ।
भूकम्पबाट देशभर पारेको प्रभावका कारण ग्राहक तथा कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै आइतबार सम्पूर्ण निजी बैंक बन्द गरिएको नेपाल बैंकर्स एसोशियसनले जनाएको छ ।
एशोसियसनका उपाध्यक्ष अनिलकेशरी शाहले गरी छिटो भन्दा छिटो बैकिङ सेवा सूचारु गर्न आइतबार सबै बैंकले भूकम्पबाट आफ्नो बैंकमा पारेको प्रभाव तथा बैंकिङ प्रणालीको अवस्थाको परिक्षण गरेको बताउनुभएको छ । सुरक्षित वातावरणमा सम्पूर्ण बैंकिङ सेवा सुचारु गर्न बैंकर्स एशोसियसन दृढ रहेको उपाध्यक्ष शाहले बताउनुभयो ।
एशोसियसनले महाभूकम्पमा ज्यान गुमाएका सर्वसाधारणको निधनमा गहिरो शोक व्यक्त गर्दै उहाँले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । थप अपूरणीय क्षतिबाट मुलुकलाई जोगाउन आफूहरुले प्रार्थना गरिरहेको बताउनुभएको छ ।
















प्रतिक्रिया