२ कार्तिक २०८३, सोमबार

सोमालियामा सडक छेउमा भएको विस्फोटमा परी कम्तीमा ३ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोगादिसु, १२ वैशाख । सोमालियाको राजधानीको होडान जिल्लामा सोमबार बिहान सडक छेउमा भएको विस्फोटमा परी एक सैनिक सहित कम्तीमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएका छन् ।

सोमाली नेशनल आर्मीका एक अधिकारीले नाम नबताउने शर्तमा जानकारि दिएअनुसार बनादिर जंक्शन नजिकै रहेको एक वरिष्ठ सेना अधिकारी मोहम्मद हाशी गुलेदको काफिलालाई लक्षित गरी विस्फोट गराइएको थियो।

जनरल गुलेद सकुशल भागे तर आक्रमणमा उनका तीन सुरक्षा गार्ड घाइते भए, उनले भने। घटना बारे थप अनुसन्धान भइरहेको छ। आक्रमणबाट उक्त क्षेत्रका व्यवसायिक परिसरमा ठूलो क्षति पुगेको छ ।

कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन तर अन्तरराष्ट्रिय समर्थन प्राप्त सरकारविरुद्ध लडिरहेको अल-शबाबले प्रायः मोगादिसुमा यस्ता आक्रमणहरू गर्ने गर्दछ। –रासस