
चितवन, १२ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनले माओवादीकी रेणु दाहाललाई उम्मेदवारी बनाउने निर्णय गरेपनि भरतपुर कांग्रेसले चर्को विरोध गर्दै आएको थियो ।
कांग्रेस नेताले भरतपुर नपाए बागी उम्मेदवारी दिने चेतावनी दिँदै आएका थिए ।
उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।















प्रतिक्रिया