
काठमाडौँ, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको निर्णयको विरोधमा कांग्रेसका एक नेताले बागी उम्मेदवारी दिएका छन् ।
गठबन्धनको तालमेलबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
उनी २०५४ देखि २०६४ सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति थिए ।
पार्टीले अन्य चुनाव चिह्नमा भोट हाल्न बाध्य पारेको र गठबन्धनको विरोध गर्दै उनले बागी उम्मेदवारी दिएका हुन् ।















प्रतिक्रिया