
रोल्पा, १२ वैशाख । रोल्पाको माडी गाउँपालिकामा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उनीहरुले तालमेलका आधारमा सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिसकेका छन् ।
जसअनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका विजय घर्तीमगर र उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले उम्मेदवारी दर्ता गराएका छन् ।
६ वटा वडा रहेको गाउँपालिकामा नेपाली काग्रेसले वडा नं. २,३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं. १,४ र ६ मा उमेदवारी दर्ता गराएका छन् ।















प्रतिक्रिया