२ कार्तिक २०८३, सोमबार

युक्रेन र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Russian President Vladimir Putin and his Turkish counterpart Recep Tayyip Erdogan shake hands at the end of a joint press conference following their meeting at the Kremlin in Moscow on January 23, 2019. (Photo by Alexander NEMENOV / various sources / AFP) (Photo credit should read ALEXANDER NEMENOV/AFP via Getty Images)

स्तानबुल, १२ बैशाख । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ । उहाँहहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ ।

उहाँहरुका बीचमा आइतबार अबेरतिर सो फोनवार्ता भएको थियो । खासमा युक्रेन संकटका बारेमा नै उहाँहरुबीच कुराकानी केन्द्रित भएको बताइएको छ । युक्रेनको मारिउपुलमा पछिल्ला केही दिनयता रुसले जारी राखेको आक्रमणका कारण ठूलो क्षति पुगेको छ र यहाँका नागरिकहरुलाई उद्धार गर्नुपर्ने अवस्था रहेको छ ।

यस विषयमा दुई देशका राष्ट्रपतिबीच कुराकानी भएको बताइएको छ । सो मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले पनि भेटवार्ता गर्नुहने कार्यक्रम रहेको छ ।

गुटर्रेस सोमबार टर्कीको राजधानी अंकारा पुग्दै हुनुहुन्छ । महासचिव गटर्रेसले युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्नुहुने बताएको छ । युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ । –रासस