४ कार्तिक २०८३, बुधबार

भूकम्प पीडितको राहत र उद्दारमा जुट्न नेता-कार्यकर्तालाई एमालेको आग्रह (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

काठमाडौँ, १३ बैशाख । नेकपा एमालेले महाभूकम्पको कारण भएको मानवीय तथा भौतिक क्षतिका बारेमा दुःख व्यक्त गर्दै राहत र उद्दार कार्यमा जुटन पार्टीका नेता, कार्यकर्ता तथा सभासद्हरुलाई अनुरोध गरेको छ ।

नेकपा एमाले स्थायी समितिको आइतबार बसेको आकस्मिक बैठकले पार्टीका सबै नेता, कार्यकर्ता, सभासद् र जनसंगठनहरुलाई सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरी राहत र उद्दार कार्यमा जुट्न अनुरोध गरेको हो । त्यसको समन्वयको जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिइएको छ ।

यसैगरी, सबै घाइतेहरुको उद्दार र खोजी गर्न तथा पीडितहरुका लागि स्वस्थ खानपान, स्वच्छ पिउनेपानी, अस्थायी शौचालय, त्रिपाल लगायतका भौतिक सामग्रीहरुको प्रबन्ध मिलाउन बिशेष टोली सहितको स्वास्थ्यकर्मी एवं उपचारको बन्दोबस्त गर्न एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । समग्र क्षतिको तथ्यपरक विवरण संकलन गरी प्याकेजमा क्षतिपूुर्ति र राहत पुर्‍याउन समेत एमालेको माग छ ।

यस्तो छ एमालेको बिज्ञप्तिः


 

प्रेस विज्ञप्ती

नेकपा(एमाले) स्थायी समितिको आकस्मिक बैठक २०७२ बैसाख १३ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय परिसर मदननगर बल्खुुमा बस्यो । बैठकले हिजो बैसाख १२ गते शनिबार आएको महाभूूकम्पको कारण भएको मानवीय तथा भौतिक क्षतीको बारेमा गम्भीर छलफल गरी निम्न बमोजिमका बिशेष प्रस्ताव पारित गरेको छ ।

१) २०७२ बैसाख १२ गते दिउँसो ११ः५६ बजे आएको महाभूूकपम्ले राजधानी उपत्यकाका साथै काभ्रेपलान्चोक, सिन्धुुपाल्चोक, दोलाखा, नुवाकोट, धादिङ, गोरखा, लमजुुङ, सहित देशभरी गम्भीर असर गरेको छ । छिमेकी मुलुक भारत र चीनका कतिपय भागमा समेत धक्काको महसुुस भएको छ । यस महाभुुकम्पमा अहिलेसम्म २१ सय ५२ जनाको ज्यान गएको छ । मृतकहरुको बिवरण आउनेक्रम जारी छ । मानवीय क्षती अत्यन्तै ठुलो रहेको छ । हजारांै व्याक्तिहरु घाइते भएका छन् । अर्वौको सार्वजनिक तथा नीजि सम्पती क्षतीग्रस्त भएका छन् । यस क्रममा विश्वसम्पदा सुची सुचीकृत पुरातात्विक सम्पदाहरु हनुमानढोका दरबार स्वाक्यर, चागुुँनारायण, भक्तपुर र पाटन दरबार स्वाक्यरका साथै धरहरा सहितका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिकस्थलहरु क्षतीग्रस्त भएका छन् । सर्वसाधरण नागरिकहरुका आवास, सरकारी र सार्बजानिक घरहरुका साथै हाम्रो पार्टीका केन्द्रीय कार्यालय भवनमा समेत क्षती पुुगेको छ ।

महाभूूकम्पका कारण आज सिंगो राष्ट्र स्तब्ध, शोकाकुल र हदप्रद भएको छ । पार्टी स्थायी समितिको यो बैठक महाभूकम्पमा परी ज्यान गुुमाउने सबै दिबंगतहरुप्रति भावपूूर्ण श्रद्धान्जली अपर्ण गदै पिडित परिवारजनमा गहिरो समवेदना व्याक्त गर्दछ । सबै घाइतेहरुको उद्धार र खोजी गर्न, पिडितहरुको लागि स्वास्थ्य खानपान, स्वाच्छ पिउनेपानी, अस्थायी शौचालय, त्रिपाल लगायतका भौतिक सामग्रीहरुको प्रबन्ध मिलाउन बिशेष टोली सहितको स्वास्थ्यकर्मी एवं उपचारको बन्दोबस्त गर्न र समग्र क्षतीको तथ्यपरक विवरण संकलन गरी प्याकेजमा क्षतीपूुर्ती र राहत पु¥याउन समेत सरकारको ध्यान आकर्षण गर्दछ ।

२) यस महाविपत्तीको कारण सिंगो राष्ट्र इतिहासकै कठिन मोडमा खडा भएको छ । यतिबेला मानवीय नाताले नै सबैलाई एकताबद्ध बनाउने छ । अरुको दुःख, चोट र पिडालाई आफ्नै दुुःखका रुपमा आत्मसात गदै उच्च मानवीय भावनाले सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गदै अविलम्ब उद्धार तथा राहातको काममा जुुट्न सबै देशवासी तथा सामाजिक संघ संस्थाहरुमा यो बैठक हार्दिक आग्रह गर्दछ ।

३) महाविपत्ती लगत्तै नेपाल सरकारले गरेको पहलकदमी प्रशंसायोग्य रहेको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत सरकारी निकायहरुबाट थालिएको उद्धारकार्य महत्वपूूर्ण छ । यो महाविपत्तीका पिडितहरुको लागि राहत तथा सहयोग पुराउन सर्बसाधरण, निजामती कर्मचारीहरु र सम्बद्ध निकायहरुलाई योजनाबद्ध र दुुत्र गतिमा जुुट्न आग्रह गर्दछ । सबैलाई निशुुल्क स्वास्थ्य उपचार मिलाउन सरकारी तथा नीजि स्वास्थ्याक्षेत्रसँग यो बैठक विशेष अनुरोध गर्दछ ।

४) आज नेपाल राष्ट्र र नेपाली जनतामाथि परेको यस विपत्ती र पिडालाई मध्यनजर गरी अन्तराष्ट्रिय समुदाय विशेष गरी छिमेकी मित्र राष्ट्रहरुले तत्काल गरेको सहयोगको लागि यो वैठक धन्यवाद दिन चाहन्छ । यस घडीमा राहात, उद्धार, पुुनःस्थापना तथा पुनःनिर्माण कार्यमा बृहत सहयोगको अपेक्षा समेत गर्दछ ।

५) महाभुुकम्पले पुराएको क्षती यर्थाथ विवरण संकलन गरी पार्टी केन्द्रमा अबिलम्ब जानकारी गराउन सबै जिल्ला कमिटिहरुलाई यो बैठक बिशेष निर्देशित गर्दछ । पार्टीका सबै नेता, कार्यकर्ता, सभासद् र जनसंगठनहरुलाई सरकारी र गैरसरकारी निकायहरुसँग समन्वय गरी राहत र उद्धार कार्यमा जुट्न यो बैठक अनुरोध गर्दछ ।

यसका लागि पार्टीको तर्फबाट व्याबस्थीत गर्न केन्द्रीय सचिवालयलाई कामको संयोजन गर्न जिम्मा दिने निर्णग गरिएको छ । यस प्रयोजनका लागि काठमाडौंको कालिमाटी स्थित कृर्षि बिकास बैकंको शाखामा नेकपा(एमाले) प्राकृतिक विपत्ती राहत कोषको नाममा खोलिएको चल्ती खाता नम्बर.०२१०३००७१७९१७०१० मा उदार मनले सहयोग गर्न देश तथा प्रवासमा रहेका पार्टीका सदस्य, सुुभेच्छुुक र समर्थकहरु लगायत सबैमा यो बैठक हार्दिक आपिल गर्दछ । साथै यस महाविपत्तीको क्षणमा सबै जनसमुदायमा संमयम र धर्यशिल रहन पनि हार्दिक अनुरोध गर्दछ ।

मिति: २०७२ बैसाख १३ ।

योगेश भट्टराई
प्रमुख
केन्द्रीय प्रचार बिभाग
नेकपा(एमाले)