
पोखरा, १२ वैशाख । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उठाउने निर्णय गरेको छ ।
यसअघि दीपक पौडेललाई टिकट दिएकोमा चौतर्फी विरोध भएपछि पौडेलबाट टिकट खोसेर थापालाई दिइएको हो ।
पौडेलका पुरानो भिडियोहरू शेयर गर्दै आलोचना र विरोध भएपछि एमालेले पौडेललाई हटाएर थापालाई टिकट दिएको हो ।
त्यस्तै, उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।
थापा २०५४ सालमा पनि पोखराको मेयर भएका थिए भने २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।















प्रतिक्रिया