९ कार्तिक २०८३, सोमबार

भूकम्पलाई थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु अति आवश्यक छः राष्ट्रपति भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट हुने क्षति न्युनिकरणका लागि भूकम्पलाई थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु पर्ने बताएकी छन् ।

सातौँ भूकम्प स्मृति दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

त्यस्तै, राष्ट्रपति भण्डारीले भूकम्प जस्ता प्राकृतिक विपत्तिबारे सचेतना जगाउनुपर्ने भन्दै सरकार तथा सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराएकी छन् ।

‘नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकहरूमध्येमा पर्दछ । हाम्रो देश भूकम्पीय जोखिममा पर्नुको मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भएता पनि मानव निर्मित कमजोर भौतिक संरचना पनि त्यत्तिकै जिम्मेवार रहेको छ। तसर्थ‚ विगतको भोगाई र अनुभवबाट पाठ सिक्दैआउँदा दिनहरूमा भूकम्प जस्ता प्राकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्नभूकम्पलाई थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु अति आवश्यक छ । यसका साथै, विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारी एवं विपद्को समयमा अपनाउनु पर्ने सुरक्षात्मक उपायहरूका बारेमा समेत समुदाय स्तरमै सचेतना अभिवृद्धि गरिनु पर्दछ । यस कार्यका लागि संघीय तथा प्रदेश सरकार र स्थानीयतहको अहम् भूमिका रहेको छ । यस विषयमाम सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहन्छु’, सन्देशमा भनिएको छ ।

त्यस्तै, उनले २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भत्केका संरचनाहरुको अधिकांश पुनर्निर्माण गरेको र बाँकी कार्य सम्बन्धित निकायलाई सुम्पेको र यस कार्यक्रम सहयोग गर्ने छिमेकी मुलुकहरु, दाता आदिप्रति धन्यवाद पनि दिएकी छन् ।