– शिव ढुंगाना
ओखलढुंगा, १३ बैशाख । ओखलढुंगामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ८ जनाको गम्भीर घाइते छन् । उनीहरुको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । अन्यको उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै सोलुखुम्बुमा हिम पहिरोमा परेर १७ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गुगलका इन्जिनियर डान फ्रेन्डिनवर्गको मृत्यु भएको पुष्टि भएको छ । अन्यको पहिचान हुन सकेको छैन । थुप्रै घाइते भएका अनुमान गरिएको छ । ४६ जनालाई हेलिकोप्टरबाट उद्धार गरेर लुक्ला विमानस्थल ल्याइएको छ भने गम्भीर ३ विदेशी नागरिकसहित १५ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । ओखलढुंगामा मृत्यु हुने सबैको पहिचान भएको छ ।
मृत्युहुनेमा खिजीफलाटेका नरबहादुर तामाङ, सिस्नेरीका गोपी विष्ट र राजकुमार विष्ट, फुलबारीका रिया कार्की, रिमा तामाङ, सुमित्रा कार्की, रानीवनका मनिषा कार्की, लक्ष्मी परियार र उनका दुई छोरा विराट र भिराज परियार, टारकेराबारीका दलबहादुर पौडेल, भूसिंगाका छोक्पा शेर्पा र पसी शेर्पा रहेका छन् । रगानीका सञ्जित मगर र डम्बरबहादुर सुनुवाररहेको ओखलढुंगाका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।
अहिले ओखलढुंगामा उद्धारका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको छ । सबै क्षेत्रमा टोली पुगी सकेको छ । सबैभन्दा बढी ओखलढुंगाकाु परिह्चमी भुभागमा धनजनको क्षति भएको छ । क्षतिबारे लगत संकलन भइरहेकाले क्षतिको विवरण बढ्ने अनुमान गरिएको छ । भुकम्पको धककाले ठूला पहाडहरु भत्किएका छन् भने बाटो, विद्युत गृहका कुलो समेत भत्किएको छ ।













प्रतिक्रिया