२ कार्तिक २०८३, सोमबार

नमिताको ‘भन को थियो’ मा जीबी चिरन (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख – यसअघि ‘म मजदुर मायाको’ म्युजिक भिडियोमा संगै सहकार्य गरेका गायक केशव भावुक र गीतकार नमिता दवाडी फेरि एकसाथ नयाँ म्युजिक भिडियो ‘भन को थियो’ को साथमा आएका छन्।

सेण्टिमेण्टल भर्सनको यस गीतलाई हरि लम्सालले संगीतवद्द गरेका हुन् भने उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेली बिचको अन्स्क्रिन प्रेम प्रस्तुत गरिएको छ। सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’ मार्फत भिडियो सार्वजनिक भएको हो। न्युजिल्याण्ड निवासी गीतकार दवाडी लामो समय देखि कविता, गीत र गजल लेखनमा आफ्नो कलम चलाउदै आएकी छिन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।

भिडियो लिंक