
काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेद्वार सुनिता डंगोलले एमालेले आफूलाई टिकट दिनु युवाका उपहार भएको बताएकि छन् ।
उनले आफ्नो उम्मेदवारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताइन् ।
मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवार दिएको छ ।
डंगोलले एक बक्तव्य जारी गर्दै उनले उपमेयर पदमा एमालेले आफूलाई दिएको टिकट युवाहरुलाई उपहार प्रदान गरेको अवसरका रुपमाा लिएको उल्लेख गरेकी छन् ।
‘सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन, युवा, महिला, सामाजिक–सांस्कृतिक अभियान्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुनेगरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठाँनेकी छु’, डंगोलले लेखेकी छन् ।















प्रतिक्रिया