९ कार्तिक २०८३, सोमबार

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ११ वैशाख । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आज बिहान सवा ५ बजे

खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो।

बा ५० प ९९३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ओखलढुंगा सुनकोशी गाउँपालिका–६ घर भई बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय कमल आले मगर र २१ वर्षीय गोपाल आले मगर छन्।

उनीहरू दुवैको टाउको र शरीरको भित्री भागमा चोट लागेमा ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।