
काठमाडौँ, १३ वैशाख । सर्वसाधारणले भूकम्पको विपत सहिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत भूकम्पले समस्या निम्त्याइदिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको महाराजगन्जमा निजी निवासका रुपमा रहेको निर्मल निवासको उत्तर र दक्षिणतर्फको पर्खाल भत्किएको छ । उत्तरतर्फको पर्खाल केही चर्किएपनि दक्षिणतर्फ भने पूर्ण रुपमा भत्किएको छ ।
पूर्वराजाको निजी निवास भत्किएपछि सुरक्षाकर्मीले आइतबार बिहानैदेखि निर्माण कार्य थालेका छन् । पर्खालसँगसँगै भित्री भागमा समेत क्षति भएको निर्मल निवासमा खटिएका एक सुरक्षाकर्मीले जानकारी दिए ।
यता, पूर्वराजाबाट नेपाल सरकारको नाममा आएको नारायणहिटी दरबारसमेत चर्किएको छ । दरबारका भित्री कोठाहरुमा क्षति पुगेको सुरक्षामा खटिएका सुरक्षाकर्मीले जानकारी दिए । दरबारको उत्तर र पश्चिमतर्फको पर्खाल समेत भत्किएको छ ।


















प्रतिक्रिया