९ कार्तिक २०८३, सोमबार

एमालेद्वारा कम्युनिष्ट योद्धालाई सम्मान गर्दाको क्षण (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवस पारेर विभिन्न कम्युनिष्ट योद्धाहरुलाई सम्मान गरेको छ ।

एमालेले शुक्रबार पार्टीको नयाँ केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित एक समारोहका बीच नेकपाको विकास र बिस्तारमा अतुलनीय योगदान गरेका १७ जना कम्युनिष्ट योद्धाहरुलाई सम्मान गरेको हो ।

उनीहरुलाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर र सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मानित हुने योद्धाहरुमा पोखरा महानगरपालिका–६ कास्कीका टेकनाथ बराल छन् । उनी २००७ सालको राणा विरोधी आन्दोलनमा केटाकेटीहरुलाई एकीकृत गरी सहभागी भएका थिए ।

त्यसैगरी सम्मानित हुने सन्धिखर्क नगरपालिका–२, कुरका नेत्रप्रसाद ढुङ्गानाले २०१८ सालदेखि राजनीतिक जीवन आरम्भ गरेका थिए । उनले आफ्नो जीवनकालमा १० वर्ष कठोर जेल जीवन बिताएका थिए ।

त्यस्तै आजै सम्मानित हुनुहुने मालारानी–५, अर्घाखाँचीका तुल्सीराम मिश्र बाल्यकालदेखि नै राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील थिए । काठमाडौँ महानगरपालिका, गमवहालकी नानीमैयाँ नकर्मीले २००४ सालमा भक्तपुरको बशगोपाल र माडीबाट सडकमा उत्रेर राणाविरुद्ध संघर्ष थालेकी थिइन् ।

सिरानचोक गाउँपालिका वडा–२ गोरखाका कुमार गुरुङको २०४८ सालको आन्दोलनमा विशिष्ठि भूमिका खेलेका थिए । सम्मानित हुने ललितपुर महानगरपालिका–९, च्यासलका चतुर व्यञ्जनकार भूमिगतकालमा पार्टीका नेताहरुका लागि शेल्टरदाताको नामले परिचित छन् । हरिचौर, गलकोट बाग्लुङका बसन्तप्रसाद गौचन कम्युनिष्ट आन्दोलनका पुराना नेताका रुपमा परिचित छन् ।

त्यस्तै तामाकोशी गाउँपालिका–१, दोलखाका हरिप्रसाद शर्मा काफ्ले पार्टीलाई आफ्नो घर दानदिने नेताका रुपमा चिनिन्छन् । आजै सम्मानित हुनुहुने कीर्तिपुर, काठमाडौँका रामकृष्ण दुवालले पनि माले कालमा नेताहरुलाई आफ्नो घरमा शेल्टर दिएका थिए ।

त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोकका छत्रबहादुर बोहरा पनि २०२८ सालदेखि पार्टीमा सक्रिय थिए । बनेपा काभ्रेपलाञ्चोकका माधवप्रसाद अधिकारी पनि पुरानो कम्युनिष्ट नेता हुन् ।

त्यस्तै, एमालेले सियारी–२ रुपन्देहीकी चुमकला बञ्जाडे, भीमदत्त नगरपालिका–५ कञ्चनपुरका लक्ष्मीराज जोशी, चितवन खैरहनी नगरपालिका–३, चितवनका अमर कार्की, काठमाडौँका विष्णु डङ्गोल, धनुषा मिथिला बिहारी नगरपालिका–८ की कुमारीदेवी महरा चमार र कनकाई नगरपालिका–६ झापाका भीमबहादुर खतिवडालाई पनि सम्मान गरेको छ । उनीहरु सबैलाई कम्युनिष्ट पार्टीमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।