
काठमाडौँ, १० वैशाख । प्रदेश १ का अधिकांश स्थानीय तहमा सत्तारुढ गठबन्धनबीच सहमति नभएपछि दलहरु एक्लाएक्लै निर्वाचन लड्ने अवस्थामा पुगेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मनोनयन गर्दा गर्नु एक दिन अघि पनि प्रदेश १ का अधिकांश स्थानीय तहमा गठबन्धनबीच सहमति जुट्न नसकेको हो ।
पाँच दलीय गठबन्धनहरुको दलहरुले आआफ्नै दावी नछोडेपछि चुनावमा एक्लै लड्ने अवस्था सिर्जना भएको हो ।
प्रदेश १ को केही पहाडी जिल्लाहरुमा गठबन्धन गरेर जाने सहमति भएपनि भूगोलमा भने विवाद देखिएको बताइएको छ ।
गठबन्धन दलका नेताहरूका अनुसार कुल १४ जिल्ला रहेको प्रदेश १ अन्तर्गत १३७ स्थानीय तह मध्ये हिमाली र पहाडी जिल्लाहरू ताप्लेजुङ, खोटाङ र भोजपुरमा मात्रै गठबन्धनबीच भागबण्डा टुंगिएको छ ।
अन्य जिल्लामा भने कुनै ठोस निर्णय हुन नसकेको अवस्था रहेको छ ।















प्रतिक्रिया